फागुन २७, काठमाडौँ। आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।