फागुन २७, कञ्चनपुर। कञ्चनपुरको लालझाडीमा ५१ वर्षिया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राती ती महिलाको घरमै गई जबरजस्तीकरणी गरेको आरोपमा लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देव बस्ने ३२ वर्षीय बीर बहादुर चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
चौधरीलाई बुधबार पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।