फागुन २६, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले संसद्मा अब नयाँ खेलको सुरुवात हुने बताएका छन् । बुधबार संसद परिसरमा सञ्चारकर्मी सँगको कुराकानीमा संसद भवन सर्वोच्च राजनीतिक मञ्च रहेको बताउदै संसद्मा नयाँ खेल सुरु हुने बताएका हुन् ।

उनका अनुसार नयाँ खेल विस्तारै देखिँदै जानेछ । संसद भवन भनेको सर्वोच्च राजनीतिक मञ्च हो । देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ यहीँ हो । अबको त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै देख्नुहुनेछ। साथै, संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लैजाने विश्वास व्यक्त पनि उनले गरेका छन् । संसद पुनर्स्थापनालाई ऐतिहासिक परिघटना भन्दै आफूहरु विधिमा फर्किएको पनि उनले बताए ।