• २०८३ बैशाख १९ गते शनिवार

प्रधानमन्त्री ओलीको कार्यकक्षमा नेकपाको नेम प्लेट हटाए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं। संसदीय दला नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो कार्यकक्षमा नेकपा नामको नेम प्लेट हटाएर नेकपा एमाले बनाइएको छ । सर्वोच्च अदालतको फैसलाबाट नेकपाका दुई घटक एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी रहँदा प्रधानमन्त्री ओलीले कार्यकक्षमा नेकपा नामको नेम प्लेट हटाएर नेकपा एमाले बनाउनुभएको छ ।

यसअघि सोमबार एमालेले धुम्बाराहीस्थित पार्टी कार्यालयमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको थियो । त्यस्तै, पेरिसडाँडास्थित नेकपा माओवादीको कार्यालयमा भने माओवादी केन्द्रको बोर्ड राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस