• २०८३ बैशाख २७ गते आइतवार

एटलान्टा माथि इन्टर मिलानको कठिन जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, एजेन्सी। इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले एटलान्टामाथि कठिन जित निकालेको छ । गएराति भएको खेलमा इन्टर मिलानले एटलान्टालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउनको लागि स्क्रिनिएरले दोस्रो हाफमा गोल गरेका थिए । उनले खेलको ५४औं मिनेटमा एलेसान्द्रो बास्टोनीको पासमा गोल गरेका थिए ।घरेलु टोलीलाई बल पोसेसनमा दवावमा राखेपनि एटलान्टा फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो ।

यो जितसँगै इन्टर मिलानले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको एसी मिलानलाई ६ अंकले पछि पारेको हो। इन्टरको २६ खेलबाट ६२ अंक पुगेको छ । समान खेलबाट एसी मिलानको ५६ अंक छ । पराजित एटलान्टा ४९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस