• २०८३ जेष्ठ ३० गते शनिवार

प्रधानमन्त्री ओली : तपाइँहरूको पार्टी कुन हो भनेर सोध्नु नपरोस ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद नभएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा ओलीले संसदमा विविध समस्याका विषयमा छलफल गर्ने र समाधान निकाल्ने विषयमा बहस हुनुपर्नेमा आइतवार अमर्यादित गतिविधि भएको दाबी गर्नुभयो ।

सरकारले ल्याएका अध्यादेश पेस गर्न नहुने भन्दै आइतवार प्रचण्ड–नेपाल समूहले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसले नाराबाजी गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरूले संसदमा बोल्ने भाषामा ख्याल नगरेको र धामी नाँच्ने थलो जस्तो बनाएको आरोप लगाउनुभयो । उहाँले अध्यादेश फेल गराउन पनि चुनौती दिनुभएको छ ।

यसैबीच ओलीले सर्वोच्च अदालतले आइतवार कसको पार्टी कुन हो भनेर प्रष्टसँग भनिदिएकाले कोहि पनि अन्योलमा पर्न नपर्ने बताउनुभएको छ । आइतवार संसदमा नेता भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो रु भनेर प्रश्न गर्नुभएको थियो, रावलको प्रश्नप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतले आइतवार भनेको कुरा राम्रोसँग सुन्न आग्रह गर्नुभयो । उहाँले प्रचण्ड–नेपाल समूहलाई तपाइँहरूको पार्टी कुन हो रु भनेर उल्टै प्रश्न सोध्नुभएको छ । सर्वोच्चले आइतवार नेकपाको एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्र व्युँताइदिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस