फाल्गुण २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतको फैसला आफूहरुले सोचेभन्दा फरक आएको बताउनु भएको छ । उहाँले सिंहदरबारमा पत्रकारसँगको कुराकानी गर्दै सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला नभएको र सोचेभन्दा फरक आएको बताउनु भएको हो ।
आज सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।