• २०८३ मङ्सिर ४ गते बिहिवार

इलाममा अटो पल्टदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३ ,इलाम। इलाममा अनियन्त्रित भएर अटो पल्टदा चालकको मृत्यु भएको छ । पान्दामबाट फिक्कल तर्फ आउँदै गरेको प्रदेश १ ०१-००१ ह ७९०१ नम्बरको अटो अनियन्त्रित भएर सडकमा पल्टदा ४२ वर्षीय चालक सुखमान राईको मृत्यु भएको हो ।

अटोले थिचेर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी नायव निरिक्षक योगेन्द्र दाहालले जानकारी दिए । शवलाई अहिले पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस