फागुन २२,काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।दिउँसो सवा १२ बजे चौथो स्थानमा रहेको ब्वाइज युनियन र टुसाल क्लब तथा दिउँसो साढे तीन बजे दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुँदैछ ।
दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुनेछ ।