फागुन २२, सुनसरी । कोसी राजमार्गमा बाटो काट्दै गरेकी वृद्धालाई मंगलबार साँझ ६ बजे सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा मृत्यु भएको छ। प्रहरीका अनुसार सुनसरी दुहबी नगरपालिका-८ की ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो।
एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनको राति १२ बजे नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।