फाल्गुन २०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसका १०७ जना सङ्क्रमित थपिएका छन् । यो सगैं नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ३७ जना महिला र ७० जना पुरुष सङ्क्रमित थपिएका हुन् ।हालसम्म दुई लाख ७० हजार ६८३ जना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणबाट निको हुने दर ९८.६१ छ ।