• २०८३ जेष्ठ २ गते शनिवार

नेकपा नाम विवादबारे सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी विवाद सम्बन्धि सर्वोच्च अदालतमा परेको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। २ वर्षअघि नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले दायर गरेको रिटमा बिहीबारदेखि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ भइरहेको छ।

यसअघि केही पेशी लगातार चढेपनि विभिन्न कारणवश स्थगित हुँदै आएको थियो। २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाम पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै कट्टेलले मुद्दा दायर गरेका थिए। ३ वर्षदेखि विचाराधीन मुद्दा अन्तिम फैसलाका लागि बिहीबार पेसीमा चडाइएको छ ।

हाल सत्तारूढ नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल र केपी शर्मा ओली गरि दुई समूहमा विभाजित छन् । सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्नेछ। यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा पूर्वएमाले र पूर्वमाओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने छ।

Sharing

प्रतिक्रिया दिनुहोस