• २०८३ असार ३ गते बुधवार

कांग्रेसको पदाधिकारी बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै छ । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेस श्रोतले जनाएको छ ।

प्रचण्ड(माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका अवस्थामा देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने छ ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेसगैं नयाँ सरकार गठनको रस्साकस्सी सुरु हुदौं कांग्रेस निर्णायक देखिएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस