• २०८३ बैशाख ७ गते सोमवार

अमेरिकी डलरसहित बेलायती नागरि पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौँ। लुकाइछिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । कतार एअरवेजको उडानद्वारा काठमाडौँबाट दोहा हुँदै लण्डन जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ वर्षीय नेल वीलिम ग्रिनउडलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षमा झोला जाँच गर्दा लुकाइ राखेको अवस्थामा अमेरिकी डलर फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस