• २०८३ कार्तिक २५ गते मङ्गलवार

पशुपतिमा सुनको जलहरी राखिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

 

फागुन १०, काठमाडौँ । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ ।

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न लागिएको हो । १ सय २१ जना पण्डितले शिव र शक्तिको आराधना गरेसँगै क्षमापूजा शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवा डा। प्रदीप ढकालले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस