फाल्गुण ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुह अन्तरगतको काठमाडौँ जिल्ला कमिटीले माइती घर मण्डलामा बृहत आमसभा गर्ने भएको छ। जिल्ला कमिटिको पूर्ण चौथो बैठकले काठमाडौँबाट चुनावको सन्देश दिन फागुन १३ गते दिनको १२ बजे आमसभा गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रिय कमिटी सदस्य एबम काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईको अधक्षतामा बसेको पूर्ण बैठकमा उपत्यका इन्चार्ग, केन्द्रिय सदस्य एबम शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ, जिल्ला सह इन्चार्ज केन्द्रिय सदस्य एबम बागमती प्रदेश भौतिक मन्त्रि रामेश्वर फुयाल, जिल्ला सह इन्चार्ज एबम प्रदेश सभा सदस्य नारायण सिलवाल , पार्टी बागमती प्रदेश सचिव खेम लोहनी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
आमसभा सफल बनाउन बैठकले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ। काठमाडौँ निर्वाचन क्षेत्र १ मा धन बहादुर आछामी, २ मा कृष्ण (सृजन) बजगाईं , ३ मा विश्वराज श्रेष्ठ, ४ मा तेज ढकाल, ५ मा दिपक निरौला, ६ मा विश्वनाथ लामिछाने , ७ मा विश्वराम सापकोटा , ८ मा निमा घ्याम्जो , ९ मा अनन्त राज सिग्देल , १० मा हरिभक्त महर्जन क्षेत्रिय संयोजक तोकिएका छन् भने कार्यालय सचिबमा बिदुरबिक्रम खड्का चयन भएका छन् ।