फागुन ८, दोलखा । दोलखामा आफ्नै श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् । दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा हिमाल थामीले शनिवार बिहान पत्नीको हत्या गरेका हुन् ।
बिहान साढे २ बजे घरायसी विवादमा २८ बर्षिय हिमालले २२ बर्षिया सुनिताको खुकुरी प्रहार गरेर सुनिताको विभत्स तरिकाले हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालका अनुसार सूचना पाएको सवा २ घण्टामा पत्नीको हत्या गरेर भागेका हिमाललाई सोही गाउँपालिकाको वडा नम्बर–७ मा पर्ने इसाईगोलाबाट प्रहरीले पक्राउ गरेको हो ।
सुनिताको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दोलखा पठाईएको छ । हत्याबारे अनुसन्धान शुरु गरिएको डिएसपी रिजालले बताए ।