फागुन ७, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १ ले बेरोजगार युवाहरुके सुचिकरण गर्ने भएको छ । । तारकेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बिदुर प्रसाद सापकोटाका अनुसारआगामी आ.व. ०७८/०७९ को लागि बेरोजगार व्यक्ति सूचीकरण गर्न लागिएके हो ।
उहाँका अनुसार रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आ. व. ०७८/०७९ मा न्यूनतम रोजगारीमा संलग्न हुन चाहने स्थानीय बेरोजगार नागरिकहरुको सुचिकरण गर्न लागिएको हो । उहाँका अनुसार बेरोजगारहरुले फाल्गुण मसान्तभित्र तारकेश्वर नगरपालिका वडा नं. १ को कार्यालय, साङ्लामा अनुसूचि १ बमोजिमको ढाँचामा निवेदन दर्ता गराउनु सकिनेछ ।
