• २०८३ मङ्सिर ५ गते शुक्रवार

काठमाडौँका यी ठाउँमा बत्ती नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ७, काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्लाफाँट, जरङ्खु, काभ्रेस्थली, देवीस्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगमफाँटलगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बत्ती जाने भएको छ ।

बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा बिजुली जाने भएको हो । तोकिएको समय अगावै काम सकिएमा दिउँसो १२ बजेअघि नै विद्युतको लाइन जोडिने प्राधिकरणले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस