फागुन ६,मोरङ। मोरङमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री ग्रामथान गाउँपालिका-२ की ४५ वर्षीया रम्वादेवी महत्तोलाई ठक्करबाट गम्भीर घाइते भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार गम्भीर घाइते भएकी महत्तोको उपचारका क्रममा बिहीबार बिहान पौने १० बजे विराट मेडिकल कलेज बुढिगंगामा मृत्यु भएको हो । ट्रक चालक नबिन खवास र एम्बुलेन्स चालक घनश्याम कुँवरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।