• २०८३ असार ७ गते आइतवार

नेप्से परिसूचक करिब १० अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौँ। आज सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ ।

आज व्यापार समूहको सवइन्डेक्स २.२ प्रतिशतले वृद्धि भएको छ । यसका अलवा अन्य समूहमा रहेका कम्पनीहरु र म्युचुअल फण्डको समेत सवइन्डेक्स उकालो लागेको छ । होटल, हाइड्रोपावर, फाइनान्स, बिमा र लघुवित्त समूहहरुको सबइन्डेक्स भने घटेको छ । कारोबार रकमका आधारमा बुधबार नेपाल इन्फ्रास्ट्रचर बैंक पहिलो नम्बरमा देखिएको छ । यसको ६९ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

नविल, ग्लोबल आइएमई र नेपाल बैंक कारोबार रकमका आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो नम्बरमा छन् । तीन वटै बैंक मध्ये नविलको कारोबार रकम ४१ करोड रुपैयाँ माथि छ भने ग्लोबल आइएमईको ३६ करोड रुपैयाँ र नेपाल बैंकको ३५ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकम भने ८ अर्ब रुपैयाँमै रोकिएको छ । मंगलबार १० अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा बुधबार त्यो घटेर ८ अर्ब ३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस