• २०८३ जेष्ठ २६ गते मङ्गलवार

नेतृ झाँक्रीको तर्कः हत्या र भ्रष्टाचार गर्न पाउनुपर्छ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ३, काठमाडौँ। एक पछि अर्को गर्दै विवादको चंगुरमा पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ रामकुमारी झाँक्रीले पुनः अर्को विवादास्पद अभिव्यक्ति दिनुभएको छ ।

केही दिन अघि प्राइम टेलिभिजनमा ऋषी धमलासँगको अन्तरवार्ताका क्रममा नेतृ झाँक्रीले हत्या र भ्रष्टाचार गर्न पाउनुपर्छ, राज्यले कारवाही गर्नु हुँदैन र आफ्नो समूहका नेताले गरेको भ्रष्टाचार र हत्यामा सरकारले रोक्न नसक्ने अभिव्यक्ति दिनुभएको छ । पुष्पमकल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले गरेको बालूवाटर, लडाकु समायोजनलगायतका भ्रष्टाचारका काण्डहरुमा सरकार तथा अख्तियारले कारवाहीको प्रकृया अगाडी बढायो नि रु भनि गरिएको प्रश्नमा नेतृ झाँक्रीले प्रचण्ड–माधवलाई भ्रष्टाचारको कुरामा छोएर त हेर । अनि के हुन्छ भनि धम्की दिनुभएको छ ।

यसरी मिडियामा नै युवा नेतृ झाँक्रीले खुलम खुल्ला रुपमा भ्रष्टाचार र हत्या गर्न पाउनुपर्छ भन्ने आसय व्यक्त गर्नु मुलुक कुन दिशामा गइरहेको छ भन्ने आम नेपाली जनताको चासोको विषय बनेको छ । युवा नेतृ जसले भोलीका दिनमा मुलुकको महत्वपूर्ण जिम्मेवारी संहाल्नुपर्नेमा भ्रष्टाचार गर्नेलाई छोएर त हेर, अनि के हुन्छ भनि सरकार तथा कानुनलाई धम्की दिनेले भोली नेतृत्व गर्दा के गर्लान रु यो हेर्न बाँकी छ ।

भ्रष्टाचारका आरोपि लाइ जेल हाल्न सक्छन भन्दा छोएर त हेर ,भनेर जंगिने यस्ता नेपालि राजनितिका खलपात्र हरुको हातमा भोलिको देसको राजनिति जांदैछ।अनुमान लगाउनुस के स्थिति आउला ! त्यसैले यस्ता खलपात्र हरुको राजनितिक कैरियरको अवसान कै लागि भएपनि यसपटक केपि ओलि बा को पार्टि लाइ बहुमत दिऔं।

Sharing

प्रतिक्रिया दिनुहोस