माघ २९, काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज सरकार पक्षका वकिलले अन्तिम बहस गरिरहेका छन् । संसद विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकार भन्दै सरकारको प्रतिरक्षामा आज पनि बहस भएको छ ।
प्रधानमन्त्रीले काम गर्न नपाएकाले संसद विघटन गरेको भन्दै अधिवक्ता बाबुराम दाहालले प्रधानमन्त्रीको निर्णयको बचाउ गरे । उनले नेपालमा प्रधानमन्त्रीय शासन पद्धति रहेको भन्दै प्रधानमन्त्रीले आफुखुशी सरकार चलाउन पाउने तर्क गरेका थिए । साथै दुई तिहाइ बहुमतका लागि संसद विघटन गरेर प्रधानमन्त्रीले जनतामा जाने निर्णय गरेको पनि उनको भनाइ थियो ।
तर, इजलासबाट न्यायाधीश अनिलकुमार सिन्हाले ‘चुनाव भएर फेरि पनि दुई तिहाइ बहुमत आएन भने के हुन्छ भनेर प्रश्न गरे । उनले सोधे, ‘चुनाव भयो र दुई तिहाइ आएन भने के फेरि संसद विघटन गरिदिने रु चुनाव भयो, बहुमत आयो । तर दुई तिहाई आएन भने फेरि प्रधानमन्त्रीले दुई तिहाईको लागि चुनावमा गएको तर आएन भनेर संसद विघटन गर्नुभयो भने त्यो संवैधानिक हुन्छ रु’
तर, यसको चित्तबुझ्दो जवाफ अधिवक्ता दाहालले दिन सकेनन् । उनले प्रधानमन्त्रीले काम गर्न नपाएर नै विघटन गरेको भन्दै दोहोयाए ।