• २०८३ भाद्र २६ गते शुक्रवार

इन्धनको तस्करको आक्रमणबाट मोरङमा असइ गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २५, मोरङ । इन्धन तस्करी गर्ने गिरोहले आक्रमण गरेर प्रहरी चौकी मझारेका प्रमुख एवं इन्चार्ज असइ रामकुमार माझी गम्भीर घाइते भएक छन । तस्करीको डिजेल भारततिर लग्दै गरेका तस्करले माझीमाथि साँझ ६ः३० बजेतिर लक्ष्मीनीयाको एनसेल टावरनजिकको नहरमा आक्रमण भएको हो ।

तस्करीको डिजेल भारततिर लग्दै गरेका जहदा–७ का २१ वर्षीय बब्लु साहले उनीमाथि ज्यानै लिने हिसाबले आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । गम्भीर घाइते उनको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

डीएसपी राईका अनुसार नेपालबाट भारततिर डिजेल तस्करी भइरहेको सूचनाका आधारमा रोक्नका लागि असइ माझी कार्यालयको बा २ ब ५६२८ नम्बरको मोटरसाइकलमा पुगेका थिए । बिना हतियार तस्करको पिछा गर्न निस्किएका उनलाई सहयोग गर्न अरु प्रहरी पनि जाँदै थिए । तर थप मद्धतका लागि खटिएका अरु प्रहरी पुग्न नपाउँदै जम्का भेटभएपछि तस्करले उनीमाथि साङ्घातिक हमला गरेका थिए ।

उनका %Aनुसार तस्करीमा संलग्न साहले ५० लिटर दरका तीनवटा ड्रममा एक सय ५० लिटर डिजेल भरेर को १४ प ७६३ नम्बरको मोटरसाइकलमा राखी भारततिर लैजाँदै थिए । पिछा गर्दै पुगेका असइ माझीले रोक्न खोजेपछि साहले डिजेलले भरिएको ड्रमसहितको मोटरसाइकल नहरमा लडाएका थिए । माझीले मोटरसाइकलसहित लडेका साहलाई उठाए । तर उनले एक्कासि असइमाथि आक्रमण सुरु गरेको डीएसपी राईले बताए ।

आक्रमणबाट भुइँमा ढलेपछि बोल्नै नसक्ने र अनुहारबाट भलभली रगत बगिरहेको अवस्थामा माझीलाई थप मद्धतका लागि पुगेको प्रहरी टोलीले तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको हो । मोटरसाइकलसहित लडेपछि खुट्टामा चोट लागेका साहले मुक्का, ढुंगासमेतले आक्रमण गरेको डीएसपी राईले बताए । माझीको अनुहारका गम्भीर चोट छ । डीएसपी राईका अनुसार घाइते असइको दुवै आँखामा चोट लाग्नुका साथै नाकको हड्डी भाँचिएको छ । ओठ पनि काटिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस