माघ २३, काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले सडकमा एमसीसीको विरुद्धमा लगाइएको नारालाई रोक्न आदेश दिएपछि उहाँको हैसियत र नियती के हो भनि प्रष्ट भएको बताउनुभएको छ ।
प्रचण्ड–माधवकुमार नेपालले नेतृत्व गरेको समूहले हिजो गरेको आम नेपाल हड्तालको क्रममा उहाँहरुको कार्यकर्ताले एमसीसीको विरुद्धमा लगाइएको नारा रोक्न लगाउनुभएको थियो । आम हड्ताललाई सफल बनाउन आफै सडकमा गएको समयमा उहाँहरुको कार्यकर्ताले एमसीसीको विरोध गरेका थिए । तर प्रचण्डले उक्त विरोध रोक्नुभएको थियो ।
सोही प्रशंगलाई जोड्दै मुख्यमन्त्री पोखरेलले प्रचण्डले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाइएको आरोपपत्र राजनीतिक स्टण्डमात्र भएको आफैं प्रचण्डले नै प्रमाणीत गर्नुभएको बताउनुभयो । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘प्रचण्डको कथित आरोपपत्र राजनीत% 0क स्टण्ट मात्र थियो भन्ने कुरा सडकमा एमसीसी विरुद्ध नारा लगाउन प्रचण्ड आफैले रोकेवाट पुष्टि भएन र !