माघ २३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपीशर्मा ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ। काठमाडौँको ट्राफिक जाम नहोस् भनेर जनसभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन छ ।
प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थिति, नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन आयोजना गरिएको जनसभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने छन । १२ बजेबाट सुरु हुने जनसभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
जनसभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने जनाइएको छ। बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्व%0 लगायतका स्थानब BEट र्%Eयाली निकालिन लागेको हो।
कहाँ-कहाँबाट निस्कदै छ जुलुस ?
