• २०८३ असार १७ गते बुधवार

छाक टार्नको लागि बजाउदैछन ढँगा : मुगुका महिला

गिट्टी कुटेरै कमाउछन मासिक १० हजार
खड्क सुनार पढ्न लाग्ने समय : ४ मिनेट

माघ २१ मुगु । हातमा हतौडा, औलामा गाडीको ट्युको पञ्जा, घाँटीमा पँहेलो पोतेको माला, टाउकोमा रुमाल बाँधेकि, मुखमा माक्स, नाकमा फुलि, बुलाकि, अनि पछ्यौराले ढाकिएकि एक महिला । ठोक्छन (बजाउछन) ढुगां । यो उनको दैनिकि कार्य हो । यहि काम लाई उनले रोजगार सँग तुलाना गरेकि छन् । विडम्वना यो संघर्षले उनको परिवारमा विहान बेलुका खान लाउन धौ धौ पर्ने गरेको छ ।

उनी महिला हुन छायानाथ रारा नगरपालिका वडा नं ५ ढुम गाउका दलित महिला रन्नदेवि विक । उनलाई विहानै उठ्ने बित्तिकै आज कुन ठाउ जाउ , के गरु , के खाऔ , के लाऔ भन्ने चिन्ता हुदैन । चिन्ता हुन्छ त केवल गिट्टी कति कुट्ने भनेर । पछिल्लो समय मुगुका अधिकांस महिलाहरु आफ्नो घर परिवार धान्न समेत पुगेकि छन् । यहाका महिलाहरु पुष र माघको जाडोमा गिट्टी कुट्दै जीवन धान्न बाध्य भएका छन् । विशेष गरेर छायानाथ रारा नगरपालिका भित्रका थार्प , रुगा , लुम , ढुम , तलितुम , लगायत अन्य गाउका दलित महिलाहरुले गिट्टी कुटेरै जीवन धान्न बाध्य भएका हुन् । यहाका अधिकांस दलित महिलाहरुले गिट्टी कुटेरै जीवन गुजारा चलाई रहेकि छन् ।

छायानाथ रारा नगरपालिका वडा नं ०५ की २६ वर्षिय रामति कामिले गिट्टी फोडेको आम्दानि बाट घर खर्च चलाउँदै आएको बताइन् । बिहानै गिट्टी फोड्न घरबाट निस्केएकी उनी बेलुका मात्र घर फर्किने गरेकि छन्् । उनी सदरमुकाम गमगढी बजार लगायत अन्य आसपासका स्थानहरुमा गिट्टी फोड्ने गरेको उनले सुनाईन । कामिले भनिन् यो गिट्टी कुटेर मासिक ५ हजार देखि १० हजार सम्म आम्दानि गरेको जनाईन । यो आम्दानि बाट आफु सँगै घर खर्च , छोरा छोरी लाई पठनपाठनमा यसै बाट व्यवस्थापन गरेको उनले दुखेसो पोखिन । उनी गिट्टी कुट्न लागेको करिब १० वर्ष वितिसक्यो । यो अवधि सम्म आईपुग्दा हाल सम्म सोचे जतिको आम्दानि नभएको जनाईन । कामि मात्र होईनन सोही वडाकि ४० वर्षिय रन्नदेवि विकको पनि उस्तै कथा रहेको छ । गिट्टी कुट्न रन्नदेवि मात्र होईनन उनको साथमा आफ्ना श्रीमान पनि गिट्टी कुट्न आएको सुनाईन ।एक छाक टार्नको लागि , छोराछोरी पठनपाठनको लागि घरमै नबसेर यो संघर्ष गर्न आएको बताईन । थोरै भए पनि हाम्रो कमाई यसै बाट हुन्छ । आयस्रोत हुने ठाउँ कुनै पनि छैन ।

हाम्रो रोजगार भनेकै यहि हो यसै लाई हामिले स्वरोजगार ठानेका छौ । हामि दुई श्रीमान श्रीमति गिट्टी कुटी मासिक २० हजार सम्म कमाई गरेको उनका श्रीमान नारायण सिंह कामिले बताए । यस्तै बालमन्दिर आधारभुत विद्यालय चैन गाउमा कक्षा ३ मा अध्ययनरत ११ वर्षिया बालिका भैपुरा कामि आफ्नी आमा , काकी सँग , गिट्टी कुट्न बजारमा पुगिन । उनी रहरले गिट्टी कुटन आईकि होईनन् । उनी आईन त आफ्नो पढाई खर्चको लागि । उनलाई पढाईमा आवश्यक पर्ने कापि कलम किन्नको लागि पढाई छोडेर पनि गिट्टी कुट्न आएको बताईन । उनले भनिन् आमले पनि गिट्टी कुट्रै मलाई पढाई रहनु भएको छ, आमाको एकल कमाईले घर खर्च जुटाउन हम्मे हम्मे परे पछि एक ईट्टामा अर्का ईट्टा थपिन्छकि भनेर पढाई छोडेरै गिट्टी ठोकि रहेको ११ वर्षिय बालिका कामिले आफ्नो अनुभव यसरी पोखिन । उनले सुनाईन मलाई पढ्न मन नलागेको होईन , साथी सँग खेल्न मन नभएको होईन , विडम्वना बाध्य भएर अहिले यहि ढुंगा सँग खेल्नु परेको कामिले भनिन् । आफु घर बाट निस्किदा गिट्टी कुट्नको लागि हतौडा बोकेर निस्कुन्छु तर साथीहरु किताव , कापि , झोला बोकेर विद्यालय तर्फ निस्कन्छन् । त्यो देखे पछि मेरो आँखामा आसु तुरुकक झर्छ उनले सुनाईन ।

मुगुका अधिकांस बेरोजगार युवती र महिला घर खर्च चलाउँनको लागि नीजि र सरकारी भवन निर्माणको काममा सामेल हुँदै आएका छन् । तर काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरुको गुणासो छ । घर चलाउँनका लागि उनीहरु न्युन पारिश्रमिकमा पनि काम गर्न बाध्य छन् । निमार्णको काममा महिलाहरुलाई न्युन पारिश्रमिक दिने गरेको उनीहरुको दुखेसो रहेको छ । ।
महिलाहरुले एक कट्टाको ५० देखि ६० रुपैयाँ मात्र पाउने गरेका छन् । उनीहरुले दिनभरि बढीमा तीन कट्टा मात्र गिट्टी फोड्न सक्छन् । हिउँदमा खेतीपातीको काम पनि नहुने हुँदा थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भएको महिलाहरु बताउँछन् ।

यता स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ शाहीका अनुसार स्थानीय नगरपालिकाभित्र रहेको बेरोजगार युवा, युवती र महिलाहरुलाई व्यवसाय सन्चालन सम्बन्ध विभिन्न सिपमुलक तालीम दिनका लागि विभिन्न कार्यक्रम ल्याइरहेको र केही कार्यक्रम सन्चालनमा आइरहेको बताए । मुगुका स्थानीयले पर्यटन, जल, जडीबुटीबाट अर्थ संकलन गर्न सक्ने भएपछि उक्त बस्तुहरुको सही सदुपयोग हुन सकेको छैन । जिल्लाका जनताहरुलाई छाक टार्न धौ धौ परेको छ । नेपाल सरकारले संघीयताको संरचना ल्याएपछि देशमा ठूलो परिर्वत आउने आशा बोकेका जनतामा निराशपन छाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस