• २०८३ जेष्ठ २७ गते बुधवार

ताप्लेजुङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, ताप्लेजुङ। ताप्लेजुङको सिनाममा आगलागी हुदा पाँच घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी हुदा सिरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको हो ।

भान्सामा आगो फुक्ने क्रममा घरमा आगो सल्किएको र उक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस