माघ १९, मुगु । कहिले रोत त कहिले भोकले सताई रहने मुगु जिल्लामा पछिल्लो समय जिल्लाका १ सय ८ जना बालबालिका लाई गम्भीर किसिमको कुपोषण रोग देखा परेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको चालु आर्थिक वर्ष अन्तर्गत ६ महिनाको तथ्यांक अनुसार गत साउन देखि पुस महिना सम्म जन्मेको ६ महिना माथिका र ५ वर्ष मुनिका ६६ जना बालिका र ४२ जना बालकलाई गम्भीर कुपोषण रोग देखिएको होे ।

जसमध्ये दलित परिवारका ७५ जना, जनजाति १ जना, क्षेत्री ठकुरी वर्गका ३२ जना बालबालिकामा कुपोषण रोग देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका पोषण विज्ञ लोकबहादुर विकले बताए । बिकका अनुसार सबै भन्दा सानै उमेर अर्थात बालबिवाह ,परिवारका अस्थाई साधन प्रयोग नर्गनाले ,खानपिामा पोषिलो खाने कुरा नखानाले अशिक्षाको कारणले यस्ता रोग देखा परेको बताए ।

कुपोषण रोग न्युनिकरण गर्नको लागि स्थानिय तहमा ठूलो बजेट भए पनि सहि सदुपयोग नगर्नाले सानै उमेरमा बढी कुपोषण रोग लाग्ने गरेको विकले भने । मुगुमा ९.२ प्रतिशत बालबालिकामा गम्भीर कुपोषण र ४४ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण देखिएको छ । गत साउनदेखि पुससम्म सबैभन्दा बढी साउनमा ४६ जना र मंसिरमा १९ जना बालबालिकामा गम्भीर कुपोषण देखिएको छ ।जसमध्ये ७३ जना बालबालिका उपचार गरी निको भएको र बाँकी ३५ जना बालबालिकाको उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
जिल्लाका चारवटा स्थानीय तहमध्ये सबैभन्दा बढी छायाँनाथ रारा नगरपालिकाका र सोरु गाउँपालिका बस्तीस्तरका बालबालिकामा बढी कुपोषण देखापरेको छ । मुगुमकार्मारोङ गाउँपालिकामा एक बालकमा मात्र कुपोषण रोग देखिएको छ ।

गरिबी, पोषणयुक्त खानपिनको अभाव र सरसफाइको अभावमा दलित बालिकामा बढी कुपोषण रोग देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी पर्शुराम नेपालीको भनाइ छ । स्थानीय उत्पादनभन्दा आयतित खाद्यवस्तु बढी उपभोग गर्ने बानीले बालबालिका कुपोषित हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।कुपोषित बालबालिका निको हुन कम्तीमा २ महिना समय लाग्ने उनको भनाइ छ । कुपोषित बालबालिकालाई निको हुँदासम्म खुवाउन सर्वोत्तम पिठो दिने गरिएको छ । लोमो समय सम्म घर बच्चा बिरामी भएको थियो जिल्ला अस्तपातमा उपचार गराउन ल्याउदा चेक गर्दा कुपोषर्ण भएको डाक्टरले बताए पछि हिजो आज अस्पताल बाट पाईने पोसिलो पिठो र घरमा पोसिलो खाने कुरा खुवाउदा केही सुधार आएको छायानाथ रारा नगरपालिका वडा नम्बर १०का मान बहादुर सार्कीले बताए ।

सदरमुकाम भन्दा मुगु जिल्लाको सोरु गाँउपालिका ।मुगमकामारोङ्ग गाँउपालिका , खत्याड गाँउपालिकामा बस्र्ने स्थानिय बासिका बालबालीकामा कुपोषण लागे पछि समयमा उपचार रसरकार बाट पाउर्ने पोसिले पोषणयसक्त लिटो नपाउर्ने गरेको स्थानिय बासीहरुको गुनासो रहेको छ ।