माघ १९, धनकुटा। धनकुटा नगरपालिका वडा नं ९ बेलहारामा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८८ वर्षकी वृद्धा भक्त कुमारी बराल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
आफ्नै घरको एक कोठामा आगो ताप्ने क्रममा लुगाबाट सल्केको आगोले जलेर बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बरालको शव जिल्ला अस्पताल धनकुुटामा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।