• २०८३ बैशाख ७ गते सोमवार

परराष्ट्रमन्त्रीको प्रश्नः बालुवाटार वरिपरि निषेधित क्षेत्र तोकेको वर्तमान सरकार आएपछि हो र ?

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिक समाजका प्रतिनिधिहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको स्पष्टिकरण दिएका छन् । उनले भने, ‘मैले त्यो कार्यक्रमको थ्रुआउट भिडियो हेरेँ । प्रहरीले भनिरहेको छ, तपाईंहरु दिनभरि आन्दोलन गर्नुस्, जुनसुकै नारा लगाउनुस्, हामीलाई आपत्ति छैन तर कृपया निषेधित क्षेत्र नाघेर अगाडि नबढ्नुहोस् । राज्यले यति भन्न पाउँदैन ।

‘फेरि बालुवाटार, शीतलनिवास र सिंहदरवार वरिपरि निषेधित क्षेत्र तोकेको वर्तमान सरकार आएपछि मात्र हो र रु,’ उनले प्रश्न गरे, ‘नागरिक समाजको आन्दोलन भन्नेबित्तिकै हामी भद्र, मर्यादित, संयमित र अरुका लागि पनि एक किसिमको मान स्थापित गर्ने खालको बुझ्छौँ । निषेधित क्षेत्र नै तोड्नुपर्ने खालको परिस्थिति सिर्जना भएको थियो ।

उनले आन्दोलनमा भएका अधिकांशलाई चिन्ने बताउँदै उनीहरुलाई परेको असुविधाले आफूलाई पनि दुख्ने बताउँदै राज्यको कानुन हातमा लिन हामीले कसैलाई उक्सान नहुने जिकिर गरे । हुन त केही मान्छेलाई अहिले पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि केपी ओली खराब लागेको छ । त्यो दृष्टिकोणसँग कुनै बहस गर्नु छैन । विचारसँग बहस गर्न सकिन्छ, आग्रहसँग सकिन्न,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Sharing

प्रतिक्रिया दिनुहोस