माघ ११, मोरङ । मोरङमा बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आफ्नै श्रीमती ३५ वर्षीया दिलमाया राईलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-२ सिरुझार बस्ने ५० वर्षीय डिक बहादुर राईलाई शुक्रवार दिउँसो पक्राउ गरेको हो ।
घरायसी विवादको क्रममा राईले दिलमायालाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।