• २०८३ कार्तिक ५ गते बुधवार

जो बाइडेनले आज सपथ लिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, एजेन्सी। अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आज सपथ लिदै छन । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेन जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो । अमेरिकाको संविधानअनुसार राष्ट्रपतिका रुपमा निर्वाचित व्यक्तिले जनवरी २० बाट कार्यकाल सुरु गर्ने व्यवस्था रहेको छ ।

बाइडेनले कडा सुरक्षा व्यवस्थाबीच राष्ट्रपतिको सपथ ग्रहण गर्ने जनाइएको छ । बाइडेनको सपथग्रहण कार्यक्रममा अमेरिकी नेशनल गार्डका १० हजार सुरक्षाकर्मी तैनाथ हुने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस