• २०८३ असार १० गते बुधवार

भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ०६, एजेन्सी । भारतमा कोरोना भाइरसको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो ।

यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयघात भएको बताइएको छ । भारतमा शनिबार देखि सुरु भएको कोरोना खोप कार्यक्रम अन्तर्गत खोप लिएका धेरै मानिसहरुमा यसको नकारात्मक असर देखिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो । मुरादाबादका प्रमुख मेडिकल अधिकारीले उनको मृत्यु कोरोना खोपसँग भने सम्बन्धित नभएको बताए ।

त्यस्तै शनिबार खोप लिएका कर्नाटकका ४३ वर्षीय अर्का स्वास्थ्यकर्मीको सोमबार मृत्यु भएको छ । उनको मृत्यु पनि हृदयाघातको कारण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अहिलेसम्म भारतका तीन लाख ८१ हजार स्वास्थ्यकर्मीले कोरोना खोप लिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस