माघ ६, काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा अखिल नेपाल खेलकुद महासंघको २०५ सदस्यिय केन्द्रीय कमिटी घोषणा गरिएको छ । महासंघको अध्यक्ष पुरुषोत्तम पौडेलको संयोजकत्वमा सहसंयोजक शिव कोइराला (ज्वाला) रहने गरी २०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा पार्टीका तर्फबाट अखिल नेपाल खेलकुद महासंघका इञ्चार्च कमरेड गणेशमान पुन र सह(इञ्चार्ज कमरेड अजम्बर काङमाङ राई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
हेर्नुहोस प्रेस विज्ञप्ति
आज नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघ बिच एकता प्रकृया पुरा गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष कमरेड माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा महासंघको अध्यक्ष पुरुषोत्तम पौडेलको संयोजकत्वमा सहसंयोजक शिव कोइराला (ज्वाला) रहने गरी २०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा भएको छ ।
उक्त भेला तथा बैठकमा पार्टीका तर्फबाट अखिल नेपाल खेलकुद महासंघका इञ्चार्च कमरेड गणेशमान पुन र सह(इञ्चार्ज कमरेड अजम्बर काङमाङ राई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
महासंघको घोषित केन्द्रीय कमिटी वैठकले खेलकुदको विकासमा निरन्तर क्रियाशिल रहने प्रतिवद्धता जनाउदै विद्यमान खेलकुद नितीहरूलाई समय सापेक्ष परिमार्जन गर्ने , स्तरिय खेल(पूर्वाधारको विकासमा लगानी बढाउने , खेलाडी उत्पादन , प्रशिक्षण , तालिम गरी व्यापक रूपमा प्रतियोगिताहरू सञ्चालन गर्न स्थानिय तहदेखि केन्द्रीय तहसम्म खेलकुदलाई चलायमान बनाउन अहिलेको न्युन वजेटमा व्यापक बढोत्तरी आवश्यक छ । यसको लागि सरकारले खेलकुदमा कमसेकम एक प्रतिशत वजेट पुर्याउनको लागि जोडदार माग गर्दछ ।
महासंघको यो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको संसद विघटनले मुलुकलाई सङ्कटमा पुर्याउनुको साथै समग्र देशलाई अन्यौल, अस्थीरता र प्रतिगमन तर्फ डोर्याउने काम गरेको हुनाले अखिल नेपाल खेलकुद महासंघ यसको घोर निन्दा तथा भर्त्सना गर्दछ साथै प्रतिगमनलाई सच्याउन र जनताद्वारा निर्मित संविधान रक्षाको लागि नेपाली जनतासँगै रहेर सङ्घर्षमा सशक्त ढङ्गले सहभागिता जनाउने प्रतिवद्धता जाहेर गर्दछ ।
संघर्षमा सहभागिता र सहयोगको लागि महासंघका संयोजक पुरूषोत्तम पौडेलको नेतृत्वमा ५५१ सदस्यीय संघर्ष समिती गठन गरेको छ ।
संघर्षको कार्यक्रम अन्तर्गतः
माघ ७ गते २ बजे भृकुटीमण्डप, काठमाडौंबाट सुरू हुने मोटरसाइकल र्यालीमा ५०० मोटर साईकल सहित सहभागी हुने निर्णय भएको छ ।
माघ ९ गते नेकपाले आयोजना गरेको विशाल जन(प्रदर्शनमा सहभागिता जनाउन निर्णय गरिएको छ ।
माघ ९ गतेको जन(प्रदर्शन पछि सवै केन्द्रीय सदस्यहरू तथा जिल्लामा रहनु भएका महासंघमा रहनु भएका कमरेडहरूले खेलकुद भेला, खेल कार्यक्रमहरू, खेल प्रदर्शनहरू समेत प्रतिगमन विरूध्द लक्षित गरी आयोजना गर्ने निर्णय गरियो ।
पुरूषोत्तम पौडेल
संयोजक
अखिल नेपाल खेलकुद महासंघ
केन्द्रीय कार्यालय, काठमाडौं