माघ ५, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । आज राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनसार आज राती १२ बजेबाट लागु हुनेगरि मुल्य बढेको हो । उपाध्ययका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए ।