• २०८३ जेष्ठ २९ गते शुक्रवार

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, एजेन्सी। बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ हजार नाघेको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरका अनुसार पछिल्लो २४ घन्टामा थप ६७ १ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९ हजार २६१ पुगेको छ ।

पछिल्लो एकसातामा मात्र तीन हजार ४१७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टाभित्र ३८ हजार ५९८ जना नयाँ संक्रमित थपिएसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३३ लाख ९५ हजार ९५९ पुगेको छ । बेलायतमा झन्डै तीन हप्ता पुग्न लाग्दा संक्रमित संख्या ४० हजारभन्दा कम भएको हो ।

हाल बेलायतका अस्पतालमा ३७ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । आइतबारसम्ममा ४३ लाख ७ हजारभन्दा बढी खोप वितरण गरिसकिएको छ । जसमध्ये ३८ लाख ५७ हजार २६६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४९ हजार ७३६ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस