• २०८३ जेष्ठ २२ गते शुक्रवार

सिराहाबाट स्रोत नखुलेको ९ लाख ४० हजार सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, सिरहा । बरियारपट्टी गाउँपालिका-१ कचनारीबाट श्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बरियारपट्टी गाउँपालिका-२ खोक्सी बस्ने ४० बर्षीय मो। सगिर मियाँ र २४ बर्षीय मेहदि मंसुर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको स.८ प ९६१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस