• २०८३ मङ्सिर ४ गते बिहिवार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २५, मकवानपुर । हेटौँडा उपमहानगरपालिका(१५ चुरियामाईमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । गएराति सडक क्षेत्रमा हुस्सु लागेको समयमा चुरियामाई मन्दिर नजिकको उकालोमा दुर्घटना हुदाँ हेटौँडा–३ बस्ने ४३ वर्षीया देवी लामाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना. ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६३ प १५० नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलको पछाडि रहेकी लामाको मृत्यु भएको हो । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस तथा चालक इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको जनाइएको छ । त्यसैगरी मोटरसाइकल चालक हेटौँडा–३ लेवट बस्ने अन्दाजी ३६ वर्षीय इश्वर नेपाल घाइते भएको र उनको चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस