• २०८३ असार ४ गते बिहिवार

मुगुमा चिसोले जनजिवन कष्टकर बन्दै

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

पौष २१ मुगु । मुगु लगायतका कर्णाली प्रदेशका उच्च
हिमाली जिल्लामा चिसोले जनजिवन कष्टकर बन्दै गएको छ । आईतबार अपरान्ह देखि देखि मुगु लगायत कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको र बेसीमा वर्षा भए सँगै चिसोले जन जिवन कष्टकर बनेको हो ।

हिउदे महिना सुरु भए पछि हिमाली जिल्लाका मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका स्थानहरुमा अत्याधिक मात्रामा चिसो हुने गर्दछ । अत्याधिक चिसो र हिमपात भए पछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्दछन । मौसम परिर्वत संगै आईतबार देखि निकै चिसो बढ्दै गएपछि मुगु लगायत उच्च हिमाली क्षेत्रको जनजिवन झनै कष्टकर बनेको स्थानीयले बताएका छन् । तापक्रप पनि माईनसम ८ मा झरेको छ ।पछिल्लो समय चिसो बढ्दै गए पछि सदरमुकाम गमगढी बजारमा बसोवास गर्दे आईरहेका व्यापारी, गाउँ घरका सर्वसाधारणहरु आगो ताप्दै दिन बिताईरहेका छन् ।चिसाले सरकारी तथा गैरसरकारी संघ संस्थामा सेवा प्रवाहमा पनि कठिनाई भएको छ। चिसो बढे्संगै दैनिक रुपमाकार्य गर्दे आईरहेका काम पनि ठप्प भएका छन् । चिसोले गाई बाखा्र मेलापातमा पनी
समस्या भएको स्थानीय राम कुसुम कार्कीले बताईन ।
चिसोले शैक्षिक क्षेत्रमा पनी उत्तिकै असर पारेको छ । बिद्यायमा पठन पाठन गराउदाँ आगो बाल्नु पर्ने अबस्था रहेको शिक्षकहरुको भनाई छ । छायाँ क्षेत्र प्रथामिक बिद्यालय तलीतुमका शिक्षक कविराज कार्की अनुसार चिसो ह्वातै बढेकाले पठन पाठनमा पनि समस्या आउने गरेको बताए । चिसोमा आगो बालेर भएपनी पठन पाठन गराउदै आएको बताए

Sharing

प्रतिक्रिया दिनुहोस