पुस २१,एजेन्सी । दक्षिण कोरियामा जन्मभन्दा बढी सङ्ख्यामा मृत्यु भएको पाइएको छ ।सन् २०२० मा पहिलो पटक मानिसको जन्मभन्दा बढी सङ्ख्यामा मृत्यु भएको पाइएपछि त्यहाँ चिन्ता बढेको जनाइएको छ । त्यहाँ शिशु जन्मदर विश्वकै न्यून छ।
सन् २०२० मा त्यहाँ अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम अर्थात् २,७५,८०० शिशु जन्मिएका थिए। उक्त वर्ष ज्यान गुमाउने मानिसको सङ्ख्या ३,०७,७६४ रहेको बीबीसीमा उल्लेख छ । जनसङ्ख्या घट्दा देशमाथि चर्को दबाव उत्पन्न हुन्छ।
अघिल्लो महिना राष्ट्रपति मुन जे – इनले प्रोत्साहनस्वरूप भत्ता दिनेसहित जन्मदर बढाउने उद्देश्यले कैयौँ नीतिहरू घोषणा गरेका थिए। उक्त योजनाअन्तर्गत सन् २०२२ बाट प्रत्येक शिशुलाई १,८५० अमेरिकी डलरजति ९झन्डै २,१६,००० नेपाली रुपैयाँ० नगद उपलब्ध गराइनेछ।
त्यसबाहेक एक वर्ष नपुगुन्जेलसम्म मासिक ३२,००० रुपैयाँभन्दा बढी रकम शिशु स्याहार खर्च दिइने जनाइएको छ। उक्त मासिक प्रोत्साहन भत्ता वृद्धि गरेर सन् २०२५ मा ५०,००० रुपैयाँभन्दा बढी बनाउने भनिएको छ।