• २०८३ भाद्र १८ गते बिहिवार

विप्लव समुहका दुई कार्यकर्ता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, कालिकोट । कालीकोटकाटबाट विप्लव समुहका दुई जना कार्यकर्ता पक्राउ परेका छन । प्रहरी निरिक्षक तथा अप्रेसन अफिसर विक्रम शाही र सशस्त्रका सहायक प्रहरी निरिक्षक दिपेन्द्र सेट्टीको नेतृत्वमा खटिएको टोलीले नरहरिनाथ गाउँपालिका वडा नं ९, लालुबाट लुकाई छिपाई राखेको विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो ।

हतियार र बम बनाउने सामान सहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस