• २०८३ कार्तिक ८ गते शनिवार

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, बैतडी । बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी निरीक्षक धामीका अनुसार बा२क २०६ नंको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा स्काभेटर पल्टिएको हो । शनिबार दिउँसो २ बजेतिर सो दुर्घटना भएको हो । स्काभेटर सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस