• २०८३ बैशाख २९ गते मङ्गलवार

पेस्तोलसहित दुई जना भारतीय पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, महोत्तरी । महोत्तरीमा सशस्त्र पहरी बल, नेपालको टोलीले हतियारसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार राति मनरा सिसवा नगरपालिका– १० मरुवाहीमा मादक पदार्थ सेवन गरि स्थानीयसंग विवाद भई दशगजातर्फ भाग्न खोज्ने भारतको सीतामडी जिल्ला वासविट्टिका १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दासलाई पेस्तोल र चक्कुसहित पक्राउ गरेको हो ।

हतियार देखाएर स्थानीयलाई तर्साएर भारततर्फ भाग्ने क्रममा बिओपी मरुवाहीबाट खटिएको प्रहरीको मोबाईल टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट २ राउन्ड (७.६५) लोडेड सेमी अटोमेटिक पेस्तोल नाल १ र स्प्रिङ चक्कु १ थान र ओप्पो मोबाईल सेट १ थानसहित नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस