• २०८३ बैशाख २४ गते बिहिवार

भारतमा कोरोना मुक्त हुनेको संख्या एक करोड नजिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, नयाँ दिल्ली। भारतमा कोरोना  निको हुनेको संख्या एक करोड नजिक पुगेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्म गरिएको १७ करोड परीक्षणमा भारतमा १ करोड ३ लाखमा ३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ९९ लाख १ हजार ९ सय २९ जना निको भएका छ । यस्तै १ लाख ४९ हजारको भने मृत्यु भएको छ । भारतमा गएको २४ घण्टामा १७ हजार नयाँ संक्रमित थपिँदा १ सय ७ जना संक्रमितले ज्यान गुमाएका छन् ।

अझै पनि २ लाख ५२ हजार सक्रिय संक्रमित रहेका भारतमा ८ हजार ९ सयको अवस्था जटिल रहे पनि बाँकीको अवस्था सामान्य रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमित धेरै भएका देशको सूचीमा दोस्रो स्थानमा रहेको भारत मृत्यु हुनेको संख्यामा भने तेस्रो स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस