• २०८३ बैशाख २६ गते शनिवार

प्रचण्डसँग वामदेवको छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १७, काठमाडौं। नेकपामा विभाजनपछि वरिष्ठ नेता वामदेव गौतम पुनः छलफलमा सक्रिय हुन थालेका छन् । पार्टीमा देखिएको अनौपचारिक विभाजनसँगै अहिलेसम्म तटस्थ रहँदै आएका नेता गौतम शुक्रबार भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेर छलफल गरेको स्रोतको भनाइ छ ।

खुमलटारस्थित प्रचण्ड निवास पुगेर नेकपा उपाध्यक्ष समेत रहेका नेता गौतमले प्रचण्डसँग गोप्य छलफल थालेका हुन् । तर छलफलमा के कुरा भयो भन्ने खुलाइएको छैन । राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएकै दिन वामदेवको यो सक्रियतालाइ अर्थपूर्ण रूपमा हेरिएको छ । किनभने नेकपाकै प्रचण्ड-नेपाल समूहका राष्ट्रिय सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताइरहेका छन् । वामदेव पनि राष्ट्रिय सभा सदस्य छन् । तर उनको मनशाय भने अझै पनि पार्टीलाइ एकढिक्का बनाउनेतर्फ रहेको बताइन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस