• २०८३ मङ्सिर १२ गते शुक्रवार

नयाँ प्रजातिको कोरोना चीनमा 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७,एजेन्सी। ब्रिटेनमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति चीनमा पनि भेटिएको छ । समाचार संस्था रोयटर्सले चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक प्रकाशनको हवाला दिदैं नयाँ प्रजातिको भाइरस भेटिएको जनाएको हो ।

चीनमा नयाँ प्रजातिको कोरोना एक २३ वर्षीया महिलामा पुष्टि भएको हो । उनी हालैमात्र ब्रिटेनबाट चीन फर्किएकी थिइन् । पहिलो संक्रमण भएपनि चीन यसलाई लिएर धेरै सतर्क बनेको छ । संक्रमण पुष्टि भएको चीनले ब्रिटेनसँग हुँदै आएको सिधा हवाईसेवालाई स्थगित गरेको छ । नयाँ प्रजातिको कोरोना ४० देखि ७० प्रतिशत छिटो फैलिने दाबी गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस