• २०८३ बैशाख २१ गते सोमवार

ब्रेथवेट पेनाल्टीमा चुक्दा बार्सिलोना बराबरीमा रोकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १५, एजेन्सी । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले एइवरसँग १-१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो ।

मुख्य खेलाडी तथा कप्तान लियोनेल मेस्सी चोटका कारण टोलीमा अनुपस्थित रहँदा टोलीले ७३ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । घरेलु टोली बार्सिलोनाले खेलको सुरुवातदेखि नै एइवरलाई दवावमा राखेको थियो । खेलको आठौं मिनेटमा नै मार्टिन ब्रेथवेट पेनाल्टीमा चुक्दा बार्सिलोनाले अग्रता लिन सकेन ।

पेनाल्टी बक्समा बिगासले एराउजोलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो । तर, मेस्सीको अनुपस्थितिमा ब्रेथवेटको बाहिरिएको थियो । एइवरले ५७औं मिनेटमा किकेको गोलबाट बार्सिलोनाविरुद्ध अग्रता लिन सफल भयो । ६७औं मिनेटमा ओसमाने डेम्वेलेले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफका शुरुमै सर्जिनो डेस्टको स्थानमा मैदान छिरेका डेम्वेलेले जुनियर फिर्पोको पासमा गोल गरेका थिए ।

यो बराबरीसँगै बार्सिलोना १५ खेलबाट २५ अंक जोडेर छैटौ स्थानमा रहेको छ । बार्सिलोनालाई रोकेको एइवर १६ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस