पुष १५, तनहुँ । पूर्वमन्त्री गोविन्दराज जोशीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना हुनुभएको छ । कोरोना सङ्क्रमणले बिरामी भएपछि पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सह(महामन्त्री गोविन्दराज जोशी अस्पताल भर्ना हुनुभएको हो ।

आफ्नो निवासमा आइसोलेसन बस्दा स्वास्थ्यमा अप्ठ्यारो महसुस भएपछि काठमाडौंको ह्याम्स हस्पिटलमा भर्ना गरिएको छ । शरीरमा अक्सिजनको मात्रा कम भएर सोमबार हस्पिटलमा लगिएको जोशीका छोरा दीपकराज जोशीले जानकारी दिनुभयो ।