• २०८३ बैशाख २५ गते शुक्रवार

कोरोना भाइरसको नयाँ प्रकार भारतमा पनि भेटियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १४, एजेन्सी । पछिल्लो समय सन्त्रासको विषय बनिरहेको कोरोना भाइरसको नयाँ प्रकार भारतमा पनि भेटिएको छ । बेलायतबाट भारत फर्किएका ६ जनामा उक्त नयाँ कोरोना भाइरस देखा परेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार उक्त नयाँ भाइरसका संक्रमितहरू बेंगलोर, हैदराबाद र पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको र सम्पर्कमा आएकोहरूको कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको जनाइएको छ ।

तर यसरी संक्रमित हुनेहरू बढ्न सक्ने बताइएको छ । पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएको र तीमध्ये ११४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । तर तीमध्ये ६ जनामा मात्र नयाँ प्रकारको कोरोना देखिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस